काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षाअनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गरेका छन् । काठमाण्डु–५ मा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको सदस्य भेलामा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले भदौ २३ गतेको आन्दोलनले आफूहरूलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन…