एमाले सचिवालयको आकस्मिक बैठक जारी

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकमा प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावका विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बसेको हो । सचिवालयबाट महाअभियोगको ‘काउन्टरमा एमालेले नीति तय गर्ने बुझिएको…