कर्णाली प्रदेश समितिको विस्तारित बैठकमा प्रचण्डकाे सम्बोधन

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश समितिको विस्तारित बैठक सुरू भएको छ । बिहीबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा माओवादी केन्द्रको कर्णाली प्रदेश समितिको विस्तारित बैठक सुरु भएको हो । उक्त बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् । प्रचण्डले स्थानीय तहको चुनावबारे प्रशिक्षण गर्ने स्रोतले जनाएको छ ।