काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले आज पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । तिहार अघिबाट नेपाल बारको नेतृत्वमा सर्वोच्च अदालत बार एसोसिएसन, विभिन्न कानुन व्यवसायी संघसंस्थाले संयुक्त रूपमा कालोपट्टी बाँधेर सुरु गरेको विरोध प्रदर्शनलाई आजबाट पुन निरन्तरता दिएका हुन् । आज बारबाट सर्वोच्च अदालत प्राङगणमा…