काठमाण्डु – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । 'हामी महाधिवेशनको क्रममा छौँ, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक…