काठमाण्डु- नेकपा (एकीकृत समावजादी) का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे पार्टीको निर्णय विपरीत लेखिएका स्टाटस सच्याउन निर्देशन दिएका छन् । बुधबार सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एमसीसीका विषयमा पार्टीको निर्णय सबैले मान्नुपर्छ । कतिपय कमरेडहरुको स्टाटसहरु हेर्ने हो भने…