गठबन्धनको विवादले कर्णाली प्रदेश मन्त्रिमण्डल विस्तारमा ढिलाई, महाधिवेशन देखाएर पन्छिदै मुख्यमन्त्री

काठमाण्डु – कर्णाली प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तारमा अन्यौलता देखिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिना बितिसक्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो । सत्ता गठबन्धनभित्र विवाद भएपछि मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद विस्तारमा हम्मे हम्मे परेको छ । मन्त्रालय बाँडफाँटमा तीन दलका आ–आफ्नै अडान छन् । मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषदमा…