काठमाण्डु - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रूपन्देहीको मोतिपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ । सोमबार राष्ट्रियसभा बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको जवाफ मागेका हुन् । उनले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको समेत आरोप लगाए । भट्टराईले भने, ‘आज अरुका…