काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमै बसेर एमसीसीको विरोध गर्न नमिल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठक पछि थापाले सरकारमै बसेर सरकारले नै ल्याएको विधेयकको विराध गर्न नमिल्ने बताएका हुन् । सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरूले सरकार छाड्नुपर्ने उनको भनाइ थियो । ‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विरोध गर्न मिल्दैन।’ उनले भने ।…