गठबन्धनको निर्णयप्रति आपत्ति जनाउँदै खनालले भने-विदेशीको दबाबमा राजनीतिक दल झुके

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा टेबुल गर्ने सत्तारुढ गठबन्धनकाे निर्णयप्रति आपत्ति जनाएका छन् । नेता खनालले संविधान विपरित गठबन्धनले एमसीसी टेबुल गर्ने निर्णय गरेको समेत आरोप लगाए । ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’…