काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले भोलीसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । सत्ता गठबन्धनको सोमबार बसेको बैठकले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको बताइएको छ । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन भन्दै गठबन्धनका विभिन्न तहका नेताहरू छलफलमा जुटिरहे पनि अझै सरकारले पूर्णता कहिले पाउँछ भन्ने…