काठमाण्डु- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान सुरु भएको छ । काठमाण्डुमा जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव गएको हो । दोस्रो चरणको चुनावमा देउवालाई नेता प्रकाशमान…