काठमाण्डु – नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाण्डुमा जारी छ । शुक्रबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज मतदान भइरहेको छ । संविधानले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको छ । तर, पदाधिकारीमा भने बाध्यकारी अवस्था छैन । १३…