एमालेले एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ : भीम रावल

काठमाण्डु- नेकपा एमालेका नेता भीम रावलले एमसीसीको बारेमा अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको स्पष्ट धारणा माग गरेका छन् । सोमबार बसेकाे एमाले संसदीय दलको बैठकमा नेता रावलले अध्यक्ष ओलीसमक्ष लिखित रूपमा पेश गरेर एमसिसी सम्झौताबारे स्पष्ट धारणा माग गरेका हुन् । ‘एमसिसीको एक दर्जन सम्झौता एवं कार्ययोजनाका प्रावधानहरू नेपालको सार्वभौम, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा…