केन्द्रीय सदस्यमा दुर्गा प्रसाई मनोनित भएपछि एमालेभित्र चर्को असन्तुष्टि

काठमाण्डु– झापाको बीण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा जारी एमालेको केन्द्रीय समितिको बैठकमा प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका हुन् । उनको प्रस्तावको विरोध भएपनि अन्तिममा प्रस्ताव पारित भएको छ । प्रसाई केन्द्रीय सदस्य बनाउने प्रस्तावको एमालेका नेताहरुले नै विरोध जनाएका छन्…