काठमाण्डु – नेकपा माओवादी केन्द्रले तीस लाख संगठित सदस्य बनाउने रणनीति सार्वजनिक गरेको छ । शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य’ हुनुपर्ने नीतिसहित ३० लाख सदस्य पुर्याउने रणनीति सार्वजनिक गरेको हो । २३ फागुन ०७७ मा नेकपाबाट ब्यूँतिएको नेकपा माओवादी केन्द्रले…