काठमाण्डु - सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मिडिया सेल्फ रेगुलेट हुनुपर्ने बताएकी छन् वोष्टर मिडियाको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सरकारले कानुन बनाएर मिडियालाई संकुचन गर्नुभन्दा पनि मिडिया स्वतः नियमन हुनुपर्ने बताएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँझीले भनिन् , मिडिया आफैँ नियमन हुनुपर्छ,तर अनधिकृत रूपमा कसैको चरित्रहत्या गर्नेलाई भने कारबाहीको दायरामा ल्याउनैपर्छ ।’…