काठमाण्डु – नेकपा एमालेले पार्टीको विधान संशोधन, राजनीतिक र सांगठनिक प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । आइतबारदेखि सुरु भएको एमाले स्थायी कमिटी बैठकले तीनवटै प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो । बैठकमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव धनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, पुष्प कँडेललगायतले प्रस्तावमाथि सुझाव राखेका थिए । स्थायी समिति…