एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । एमालेले १५–१७ असोजमा विधान महाधिवेशनआयोजना गर्दैछ…