काठमाण्डु – पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका हजाराैं नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । कपिलवस्तु सदरमुकाम तौलिहवामा आयोजित एक कार्यक्रमकाबीच एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा समाहित हुने हजारौं नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर…