संसद बैठक : सभामुखको सुरक्षामा तीन जना मर्यादापालक खटिए

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटालाई तीनजना मर्यादापालकले सुरक्षा दिन थालेका छन् । गत शुक्रबारको बैठकमा सभामुख सापकोटालाई एमाले सांसद रेखा झाले माइकले हान्ने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । यसपछि आइतबार बसेको बैठकमा सभामुख सापकोटा पछाडि उभिएर तीनजना मर्यादापालकले सुरक्षा दिइरहेका छन् । यसअघि बैठक चलिरहँदा सभामुख सापकोटा पछाडि…