काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाण्डुमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ जस्ता नेताहरुको…