चितवन - नेकपा एमालेको अनुशासन आयोगको अध्यक्षमा केशव बडाल मनोनित भएका छन् । एमाले अध्यक्ष केपी ओलीले सौराहामा जारी बन्दसत्रमा बडालको नेतृत्वमा २५ सदस्यको नाम पेश गरेका हुन् । त्यस्तै ओलीले लेखा आयोगमा पनि २५ जनाको नाम पेश गरेका छन् । दुबै आयोग हलले ताली पड्काएर पारित गरिएको छ ।