कांग्रेस १५औं महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रूतगतिमा अघि बढ्छ : डा. महत

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औं महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए । उनका अनुसार बैठकले पार्टी संरचना सुदृढिकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो ।…