काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जलि अर्पण गरेका छन् । शनिबार साँझ बानेश्वरमा जेनजी शहीदको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा सहभागी भई ज्यान गुमाएका साहसी योद्धा तथा अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । उनले जेनजी विद्रोहले तत्कालीन शासकहरूको सत्ता खोसेको उल्लेख गर्दै अहिले देखिएको…