कांग्रेस महाधिवेशन : ५३ जिल्लामा निर्वाचन अधिकृत खटाइयो (सूचीसहित)

काठमाण्डु – नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार साँझसम्म ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो । कांग्रेसले अधिकांश ठाउँमा कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिएको छ…