केन्द्रीय कोषाध्यक्ष लडेका कार्की महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाण्डु – नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्षमा लडेका कृष्णकुमार कार्की महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । क्षेत्र नम्बर १ बाट खुलातर्फ लडेका कार्की ११ मतले पराजित भएका हुन् । जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका कार्की प्रतिनिधिमै हारेपछि सम्भावना टरेको छ । जिल्ला सभापति बन्न पनि महाधिवेशन प्रतिनिधि बन्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ ।…