मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । उनकाे राजीनामा स्वीकृत भएकाे पत्र प्रदेशसभामा पेश भएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । अविश्वासको प्रस्ताव 'फेस' नगरी उनले राजीनामा दिएका थिए ।