अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न काँग्रेसलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिएका छन्।  काठमाडौंमा बुधबारबाट सुरु भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै उनले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्नेतर्फ पनि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराए। बैठकको उद्घाटनकै क्रममा उनले सरकार मुलुक समृद्धिको अभियानमा…