भद्रपुर – प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन । उनी विसं २०२७ यता भएका बिभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय निर्वासित भएका थिए । झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका उनी १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट…