काठमाण्डु – गैरसरकारी संस्था महासंघ नेपालले समय सापेक्ष छाता ऐन ल्याउन माग गरेको छ । २–३ पुसमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट आएको गैसस महासंघको नयाँ कार्यसमितिले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ ऐनको माग गरेको हो । महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले गैरसरकारी संस्था (एनजीओ) सञ्चालन गर्न एकीकृत नीति आवश्यक रहेको बताए । उनकाअनुसार हाल पुराना तीनवटा…