जसपा नेता मंगलप्रसाद गुप्ता एमाले प्रवेश, काे हुन् गुप्ता ?

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार कपिलवस्तुको बहदुरगञ्जमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन् । गुप्ताको टोलीलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली स्वयं कपिलवस्तु पुगेका हुन् । गुप्ता कपिलवस्तु क्षेत्र नम्बर ३ बाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो स्थानमा थिए…