काठमाण्डु - नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । काठमाण्डुमा जारी पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महामन्त्रीमा विजयी भएपछि शर्मा पार्टी कार्यालय सानेपामा पुगेका छन् । सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई…