लुम्बिनीका तीन सांसद निष्कासन गर्ने जसपाको निर्णय

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई पार्टीबाट निष्कासित गरेको छ । मंगलबार बसेको जसपाको कार्यकारिणी बैठकले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसदहरु विजय यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई पार्टीबाट निष्कासित गरेको हो । लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ जना सांसद मध्ये केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन्…