एमाले अध्यक्ष ओलीको दावी – एक वर्षभित्र एमाले सरकारमा आउंछ

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक वर्षभित्रै सरकारमा आउने दावी गरेका छन् । शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेका हुन् । उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण…