प्रचण्डसहितका पूर्वमाओवादी नेताहरु एउटै मञ्चमा सहभागी हुने

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वमाओवादी नेताहरुले एउटै मञ्चमा सहभागी हुने भएका छन् । शुक्रबार जनयुद्धमा गाइएका गीतहरु समेटेर लेखिएको ‘सपनाको प्रतिबिम्ब’ संग्रहको विमोचनका सन्दर्भमा जनयुद्धमा सहभागी भएका नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका हुन् । तनहुँका दिलिपकुमार श्रेष्ठले लेखेको उक्त संग्रहको दिउँसो १ बजे प्रज्ञा प्रतिस्ठानमा विमोचन हुँदैछ ।…