जनयुद्धमा मारिएकाहरूलाई चाँडै सहिद घोषणा गर्छौंः प्रचण्ड

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनयुद्धमा मारिएकाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । पेरिसडाँडामा सहिद प्रतिष्ठान नेपालको बाह्रौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय सहिद घोषणा गर्ने र दस्तावेजीकरण गर्ने विषय समेटिएको जानकारी गराए । ‘विगतमा छुटेका कैयौ पक्षलाई समेटेर जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद…