राप्रपाको आर्थिक कार्यपत्र : १५ वर्षमा नेपालीको प्रति व्यक्ति आम्दानी ३ हजार डलर (पूर्णपाठ)

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा आर्थिक कार्यपत्र प्रस्तुत गरिएको छ । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका हुन् । नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको अर्थ राजनीति र नेपालको विशिष्टताबारे गरेको चिन्तन २१ औँ शताब्दीमा निरन्तरतासहितको गतिशीलता कायम गर्दै अगाडी बढ्न उपयुक्त हुने कार्यपत्रमा…