राप्रपा नेत्री खुस्बु ओलीले संस्कृत भाषामा शपथ लिने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवनिर्वाचित समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन् । संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिकाअनुसार झापाकी सांसद ओलीले शपथको भाषा संस्कृत रोजेकी छन् । संसद् सचिवालयले नेपाली बाहेकका मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नाम टिपाउने समय सीमा तोकेको थियो…