काठमाण्डु- मधेस राजनीतिको केन्द्र मानिने रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार राजेश चौधरी भारी मतान्तरसहित विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिस्पर्धी…