कांग्रेस अधिवेशन : सर्लाहीमा आज पनि झडप, मतदान अधिकृतसहित प्रहरी र कार्यकर्ता घाइते

काठमाण्डु – सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशनका क्रममा सोमबार पनि झडप भएको छ । जिल्लाको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका–८ मा वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृतमाथि आक्रमण भएपछि कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा मतदान अधिकृत उमेशचन्द्र झासहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । उनीहरु…