काठमाण्डु – गृहमन्त्री खगराज अधिकारीले सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी बैठकमा गृहमन्त्री अधिकारीले विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाबारे सबै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विपद् व्यवस्थापनको विषयमा छलफल भइरहेको जानकारी दिए । बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री,…