सोलुखुम्बुको कांग्रेस जिल्ला सभापतिका लागि फेरि मतदान हुने

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सभापति पदका लागि दोस्रो चरणको मतदान यही मङ्सिर १४ गते हुने भएको छ । नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको जनाइएको छ । पदाधिकारी चयनका लागि यही मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन ।…