काठमाण्डु - नेपाली कांग्रेस डोटीको जिल्ला सभापतिमा नेरेन्द्रबहादुर सिंह विजयी भएका छन् । बुधबार भएको मतदानमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जानकारी दिएको छ । उनका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरे । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले पराजित…