काठमाण्डु - नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माधवकुमार नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले विज्ञप्ति जारी गर्दै पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४…