एमालेको नेतृत्व चयन सहमतिमै हुन्छ : सचिव ज्ञवाली

काठमाण्डु – नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । 'अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ,' सचिव ज्ञवालीले भने । केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई…