काठमाण्डु – नेकपा एमालेका नेता कमानसिंह लामाको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित लामा स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना उपचाररत थिए । उनको शुक्रबार निधन भएको बताइएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । लामा विदुर नगरपालिकाका पूर्व मेयर हुन् ।