वर्षाले श्रमिक वर्ग धेरै प्रभावित छन्, सरकारको ध्यान पुगोस् : ट्रेड युनियन कांग्रेस

काठमाण्डु – देशका विभिन्न स्थानहरूमा असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति भएको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले गहिरो दु:ख व्यक्त गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईद्वारा जारी विज्ञप्तिमा मानवीय क्षतिसँगै देशका पूर्वाधारहरूमा ठूलो क्षति भएको जनाइएको छ ।…