विशेष महाधिवेशनले गर्‍यो गगन–विश्वमाथिको कारवाही खारेज, नयाँ नेतृत्व नै आधिकारिक हुने

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीले गरेको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ । बुधबार विशेष महाधिवेशन स्थलबाट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वक्तव्य जारी गर्दै अनधिकृत रुपमा ५ वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई विशेष महाधिवेशनको हलले खारेज गरेको बताएका हुन् । उनले विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक…