मन्त्रालय फुटाएर मंगलवार मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । सरकार बनेको दुई महिनासम्म मन्त्रिमण्डल बनाउन नसकेको भन्दै सर्वत्र आलोचना भएपछि उनले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन । प्रधानमन्त्री देउवा निकट स्रोतले दिएको जानकारीअनुसार मंगलवार मन्त्रिमण्डल विस्तार गर्ने उनको तयारी छ । सोमबार सांझ सत्तारुढ गठवन्धनका शिर्ष नेताहरुको बैठक बस्दैछ । त्यो…