काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट प्रतिस्थापन विधेयक सेटिङमा आएको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चारजना व्यापारीलाई पोस्ने र दर्जनौँलाई पेल्नेगरी विधेयक आएको टिप्पणी गरेका छन् । ‘सरकार के मा लागेको छ ? उद्यमीहरु सेटिङ भयो भनेर कराइरहेका छन् । पीडा पोखिरहेका छन्,’…